हुलाकी न्युजः कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको हुँदा सिरहा नगरपालिकाले थप १५ दिन लकडाउन गर्ने निणर्य गरेको छ । कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि डी-सीसीएमसीको निणर्य अनुसार लकडाउनको अवधि थपिएको हो ।

यसअघि साउन २५ गते कार्यपालिकाको बैठक अनुसार साउन २५ गते राति १२ बजेदेखि लगाइएको लकडाउन आइतबार राति १२ बजे सकिन लाग्दा लकडाउनको अवधि भदौ १५ गते राति १२ बजे सम्मका लागि थप गरिएको सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलराम यादवले जानकारी दिए ।

उनका अनुसार नगरभित्र अति आवश्यक औषधि पसल, ढुवानी सेवा, एम्बुलेन्स तथा अत्यावश्य इमर्जेन्सी गाडी चल्ने गरि लकडाउन गरिएको छ । त्यस्तै खाद्यान्, किराना तथा तरकारी ठेल्ला रिक्सा बिहान ६ बजे देखि ९ बजे सम्म मात्र खुल्ने गरी निणर्य गरिएको यादवले बताए । साथै दुध तथा खानेपनीको गाडी समेत चल्ने छ ।

त्यसैगरी सिरहाको गोलबजार नगरपालिकामा पनि दुई साताका लागि लकडाउन गर्ने निणर्य गरिएको छ । जिल्ला स्तरीय डी-सीसीएमसी र नगर स्तरीय सीसीएमसीको आइतबारको निणर्य बमोजिम आज राति १२ बजे देखि लागू हुने गरी लकडाउन गर्ने निणर्य गरिएको हो ।

गोलबजार नगरपालिकामा साउन ३२ गते राति १२ बजे देखि भदौ १५ गते सम्मका लागि लकडाउन गरेको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । नगरपालिकामा बन्दाबन्दीको अवधिभर सरकारको मापडदण्ड अपनाई बैंक तथा बित्तिय संस्थाहरु बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म मात्र खुल्ने साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.