हुलाकी न्युजः धनुषाभरी लागु हुने गरी थप एकसाताको लागि निषेधाज्ञा थपिएको छ । जोखिम बढ्दै गएपछि आइतबार फेरि जिल्ला प्रशासन कार्यालय धनुषाले एकसाता निषेधाज्ञा थप गरेको हो ।

कोरोना जोखिम बढेपछि गएको साउन १९ गते रातिदेखि जिल्ला प्रशासन कार्यालयले साउन २५ गते रातिसम्म एकसाताको लागि निषेधाज्ञा घोषणा गरेको थियो । २५ गते फेरि जिल्ला सुरक्षा समितिको बैठकले साउन ३२ गते रातिसम्मको लागि निषेधाज्ञा थप गरेको थियो ।

आइतबार रातिदेखि निषेधाज्ञाको समय समाप्त हुन लागेपछि प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले फेरी एकसाताका लागि लकडाउन थप गरेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.