हुलाकी न्युजः जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको पाँच बेडको आइसियू सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पाँच बेडको भेन्टिलेटर सेवा सुरु भएको हो । भेन्टिलेटर राखिए पनि दक्ष जनशक्ति अभावले पूणर् सेवा प्रवाह हुनेमा अस्पतालले नै आशंका जनाएको छ ।

कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई जुनसुकै वेला भेन्टिलेटर आवश्यक पर्न सक्ने भएकोले जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको आइसियू सञ्चालनमा आएको हो । अस्पतालको आइसोलेसनमा हाल ४२ जना पुरुष उपचाररत छन् । यसमध्ये चार-पाँचजनामा कोरोनाको लक्षण देखिएको छ ।

अस्पतालको भेन्टिलेटरसहितको आइसियूमा एकजना मात्रै चिकित्सक छन् । यसकारण आइसियू पूणर् रूपमा सञ्चालन गर्न नसकिने जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले बताए । उनले प्रदेश सरकारसँग एमडी एनेस्थेसिया, एमडी इन्टरनल मेडिसिन, तालिमप्राप्त नर्सिङ स्टाफलगायत माग गरे पनि उपलब्ध नगराएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.