हुलाकी न्यूजः सर्लाहीमा लागुऔषध गाँजासहित सोमबार राति दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नम्बर २ का ५० वर्षीय सुरेश पासवान र वडा नम्बर ८ का २८ वर्षीय रवीन्द्र लामा छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका १० स्थित चन्द्रपुरबाट राति साढे १० को समयमा उनीहरुलाई २० किलो गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सेतो बोराभित्र रातो घर्के गम्छामा बाँधेर गाँजा बोकेर पैदल हिंडिरहेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.