हुलाकी न्यूज, जलेश्वर, ६ कार्तिक । मिथिलाञ्चलमा प्रसिद्ध धार्मिक महोत्सव लक्ष्मीनारायणको विजय शोभायात्रा शुक्रबार हर्षोल्लासपूर्वक सम्पन्न भएको छ । महोत्तरी जिल्लाको मटिहानीमा चारसय वर्ष अघिदेखि मनाउँदै आइएको शोभायात्रा हरेक वर्ष विजयादशमीको भोलिपल्ट निकालिँदै आएको छ ।
शोभायात्रामा महोत्तरी, धनुषा, सर्लाही, सिरहा र भारतको बिहारको सीतामढी, मधुवनी जिल्लाबाट आएका भक्तजनको सहभागिता थियो । यात्राको अगाडि पछाडि झाँकी र दर्जनौं भजनमण्डलीले भजनकीर्तन गराएका थिए । रामले रावणमाथि विजय प्राप्त गरेको सम्झनामा शोभायात्रा निकाल्ने गरिन्छ ।
आयोजकले दशकयता यसपालि सबैभन्दा बढी भक्तजन सहभागी भएको जनाएका छन् ।




