हुलाकी न्यूजः जिल्ला प्रशासन कार्यालय धनुषाले लगाएको कर्फ्यु पुनः एकसातको लागि थप गरिएको छ । गएको साउन १९ गते राति १२ बजेदेखि साउन २५ गते राति १२ बजेसम्मको लागि लगाइएको कर्फ्यु पुनः एकसाताको लागि जिल्ला सुरक्षा समितिले थप गरेको हो ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैकठले कर्फ्यु एकसाता थप्ने निणर्य गरेको हो । साथै बैंक तथा वितीय संस्थाहरु सिफ्ट बमोजिम खोल्ने, यात्रु निवासलाई क्वारेन्टाइन बनाउने, आइशोलेशन अझै थप्ने गर्ने लगायतको निणर्य गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यायल धनषाले पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दुधमती नदिको पुल, दक्षिमा बनौली मोड, बसहिया रोडको सोनासति मन्दिर, प्रदेशसभा जाने मोड बिच लगायतको क्षेत्र भित्र गरेको कर्फ्यू लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.