हुलाकी न्यूज, सऊदी: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको जुवेल सिटीमा पनि समिति विस्तार भएको छ।
एनआरएमए सऊदी अरेबियाका सह-अध्यक्ष ओपेद्र अधिकारी यादवका अनुसार जुवेल सिटीमा बिहीबारको दिन क्षेत्रीय कार्य समितिको सम्मेलनले समितिको घोषणा गरेको हो।
केंद्रीय सदस्य गरभु महराको उपस्थितिमा रमेश ठाकुरको अध्यक्षतामा ९ सदस्य समिति गठन गरिएको छ।
गैर आवासीय मधेशी संघ अंतराष्ट्रिय समितीका अध्यक्ष तथा जनमत पार्टी बिदेश बिभाग प्रमुख ई. बसन्त कुशवाहाका अनुसार प्रवासमा मधेशी समुदायका लागी गैर आवासीय मधेशी संघ सबै भन्दा ठुलो संस्था रहेको जनाएको छ। अहिले सम्म २ लाख प्रवासी मधेशी एनआरएमएमा आबद्ध भई सकेका छन्।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ। साथै कोरोना महामारीबाट अल्पत्र परेका हजारौ प्रवासी मधेशीहरुलाई उद्धार गरी स्वदेश पठाउने काम गर्दै छन्।




