हुलाकी न्यूज, काठमाडौं: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) का कतार समिति महासचिव जीतेन्द्र कुमार महतो लाई पत्नीशोक परेको छ।
जीतेन्द्र कुमार महतोकी पत्नी निर्मला महतोको बिहीबार बिहान ४ बजे निधन भएको परिवारका स्रोतले हुलाकी न्यूजलाई जानकारी दिएको छ।
निर्मला क्यान्सर रोगबाट पीडित थिइन् ।
सिराहा रमोल निवासी महतोको उपचारको क्रममा घरमा निधन भएको हो।




