हुलाकी न्यूज, कतार :- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको इंडस्ट्रियल एरिया ५१ स्ट्रेटमा क्षेत्रीय समितिको विस्तार भएकाे छ।
एनआरएमए कतारका उपाध्यक्ष संजय कुमार साह र कोषाध्यक्ष बिजय कुमार यादवको पहलमा नया क्षेत्रीय कार्यसमितिको विस्तार गरिएको छ।
शिवकुमार यादवको नेतृत्वमा कार्यसमिति गठन गरिएकाे छ। उपाध्यक्षमा रामखेलावन पाल, सचिवमा मंटू कुमार साह, सहसचिवमा कृष्णा प्रसाद साह र कोषाध्यक्षमा नागेंद्र प्रसाद साह रहेका छन। त्यस्तै सदस्यहरुमा जीतेन्द्र कुमार मण्डल, प्रकाश मण्डल, धीरेंद्र यादव, कारी सादा, बिनोद कुमार यादव, अजय कुमार मंडल, रामकुमार पंडित, शम्भु यादव, दिलीप कुमार यादव, श्याम पासवान, राजकुमार मण्डल, बिरेन्द्र कुमार साह, हरिनारायण पासवान रहेका छन।
त्यस्तै सल्लाहकार सदस्यहरुमा अरुण कुमार यादव,राम अवतार मण्डल रहेका छन।
उक्त कार्यक्रमको अवसरमा हुलाकी न्यूजसँग कुराकानी गर्दै एनआरएमए कतार केंद्रीय समितिका अध्यक्ष शम्भूनाथ साहले सहभागी सबै मधेशीलाई धन्यबाद दिएका थिए, र कार्यसमितिलाई बधाई पनि दिए। कतारमा कोरोना संक्रमण कम हुदै र जीवनयापन सरल बन्दै गएको छ। साथै कतारले कोरोना नियंत्रण गर्न दुनियाभर मैं राम्रो तरिकाले गरेको भन्दै प्रशंसा गर्नु भयो।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएकाे छ। साथै बिदेशमा दुःख,पीड़ामा परेका मधेसिहरुलाई सहयोग गर्दै पीड़ितको साथी बनेको छ।




