हुलाकी न्यूजः महिला माथि अभद्र व्यवहार गरेको आरोपमा जनता समाजवादी पार्टीका स्थानीय युवा नेता नविन यादवमाथि सार्वजनिक अपराधको मुद्दा दर्ता भएको छ ।

जनकपुरधामको शिव चोकस्थित एक क्याफेमा कार्यरत महिलामाथी अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार जसपाका स्थानीय युवा नेता यादवमाथि सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएको हो ।

उनले शनिबार राति क्याफेमा झै झगडा गर्नुका साथै कार्यरत महिलामाथि दुव्र्यवहार गरेको कारण मुद्दा दर्ता गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

ती महिला तथा क्याफे संचालकको उजुरीको आधारमा यादवमाथि मुद्दा दर्ता गरेको डीएसपी कार्कीको भनाइ छ । ‘क्याफे संचालक र महिलाले प्रहरीमा उजुरी दिएपछि हामीले मुद्दा प्रकृया अगाडी बढाएका छौँ’, उनले भने ‘यादव संगै पक्राउ परेका अन्य कसैको संलग्नता नरहेकोले उनीहरुलाई छोडेका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.