हुलाकी न्यूजः जल तथा मौसम विज्ञान विभागले आजदेखि शुक्रबारसम्म देशभर व्यापक वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३-४ दिनसम्म मनसुन सक्रिय हुने जानकारी दिएको हो।
‘देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कणर्ाली, सुदूरपश्चिम तथा बागमती प्रदेशका केही स्थानमा तथा प्रदेश नम्बर १ र २ का थोरै स्थानमा भारी वर्षा भई पहिरो तथा बाढीको जोखिम भएकाले सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागको विज्ञप्तिमा भनिएको छ।
विभागका अनुसार साउन १३ गतेदेखि १५ गतेसम्म विशेषगरी गण्डकी, कणर्ाली, सुदूरपश्चिम र प्रदेश नम्बर ५ का मध्य पहाडी भूभाग भई बहने जलसतह उल्लेख्य बढी र केही सतर्कता तह आसपास पुग्ने सम्भावना छ।



