हुलाकी न्यूज, काठमाडौं, ६ कार्तिक । विजयादशमीको अवसरमा मधेशका जिल्लाहरुमा रावण दहन गरिएको छ । विभिन्न ठाउँमा ओलीलाई रावणको संज्ञा दिँदै उनको पुतला दहन गरिएको छ ।

भगवान रामले रावणलाई पराजय गरेपछि असत्यमाथि सत्यको जित भएको खुशीयालीमा हरेक वर्ष विजयादशमीको अन्तिम दिन रावण दहन गरिन्छ । यसपटक पनि मधेशमा रावण दहन गरिएको छ ।

आन्दोलनकै बीचमा विजयादशमी मनाएका मधेशीहरुले यसवर्ष रावण दहनको क्रममा ओलीको पुतला दहन गरेका हुन् । गौर, जनकपुर लगायतका ठाउँमा ओलीको पुतला बनाएर रावण दहन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.