हुलाकी न्यूजः समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि वीरगञ्जमा आज बिहानैदेखि अनिश्चितकालिन कर्फ्यु लगाएको छ । वीरगञ्ज महानगरपालिका क्षेत्रभर अनिश्चितकालिन कफ्र्यु जारी गरिएको हो ।

कफ्र्यु जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

महानगर क्षेत्रभित्रका सम्पूणर् पसल र उद्योग व्यवसायसमेत बन्द गरिएको छ । साथै वीरगञ्जमा अन्य जिल्लाबाट (विशेषगरी भारतबाट) आउन पूणर्प्रतिबन्ध पनि लगाइएको छ । विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकाले यस्तो निणर्य गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लगाउने निणर्य गरिएको थियो ।

वीरगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएर समुदायस्तरमा फैलिएको छ । समुदायस्तरमा संक्रमण फैलिएको चर्चा सुरु भएलगत्तै स्थानीय प्रशासनलाई कर्फ्यु जारी गर्न दबाव बढेको थियो ।

कफ्र्यु लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निणर्य भएको छ । सहायक प्रजिअ बस्नेतका अनुसार सुरुमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिनेछ । उनीहरुको पीसीआर परीक्षणपछि जोखिमपूणर् स्थानमा चेकजाँच गर्ने निणर्य भएको छ ।

मास टेस्टिङका क्रममा फेला परेका लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने, लक्षण देखिएकोलाई मात्रै अस्थायी कोभिड अस्पतालमा लैजाने र आईसीयू तथा भेन्टिलेटरको थप व्यवस्था गर्ने निणर्य पनि बैठकले गरेको बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.