हुलाकी न्यूजः धनुषामा खाल्डोको पानीमा डुबेर एक युवकको मृत्यु भएको छ । धनुषाको नगराईन नगरपालिका वडा नम्वर-२ जटही बस्ने ३१ वर्षीय अजित चौधरीको बिहीबार खाल्डोको पानीमा डुबेर मृत्यु भएको हो ।

गाउँ नजिकै रहेको बाटो छेऊमा जेसिबीले माटो निकाल्दा बनेको खाल्डोमा जमेको पानीमा डुबेर चौधरीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाईएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.