हुलाकी न्यूजः धनुषा प्रहरीले लुटिएको भनिएको रकमसहित त्यसमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बुधबार करिब ४ लाख रुपैयाँ लुटिएको सुचनापछि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो ।

कमला नगरपालिका वडानम्बर २ बस्ने २० वर्षीय धिरजकुमार अधिकारीले बैंकमा जम्मा गर्न लागेको रकम पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटेको बताएपछि उनीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ स्थित कपिलेश्वर नजिक जलाद पुलमा रहेको टिभिएस सोरुममा कार्यरत ३ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

सोरुमको ३ लाख ७६ हजार रुपैयाँ जनकपुरको एक बैँक खातामा जम्मा गर्न आउने क्रममा धिरजले अज्ञात समुहले रकम लुटेर भागेको बताएका थिए । पक्राउ पर्नेमा धिरजसहित धनुषा शहिदनगर नगरपालिका वडा नम्बर ७ स्थित ताराटोल बस्ने २१ वर्षीय सुजित मण्डल र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बस्ने २१ वर्षीय छोटु झा छन् ।

उनीहरु तीनै जनाले सोरुमलाई झुक्याएर रकम बाडफाड गर्ने सहमती गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले लुटिएको भनिएको छोटु झाको घरमा लुकाई राखेको अवस्थामा ३ लाख ५६ हजार रुपैयाँ बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.