हुलाकी न्यूजः रौतहटमा ५ लाख फिरौती माग्ने र रुपैयाँ नदिए अपहरण गरि ज्यान मार्ने धम्की दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार सर्लाहीको रामनगर गाउँपालिका वडा नं. २ घर भई हाल रौतहटको गरुडा नगरपालिका(४ बस्ने अशोक साहलाई फोन गरी विभिन्न डर,त्रास, धाक,धम्की देखाई पाँच लाख नगद माग्दै आएको र रकम नदिए अपहरण गरी ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी महतोकै कमाण्डमा प्रहरी टोली खटी गई निग्रानी गरी रहेको अवस्थामा चन्द्रपुरस्थितबाट गरुडा तर्फ आउदै गरेको ना ४५ प ८१६५ नं.को मोटरसाइकमा सवार दुई जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।

पक्राउ परेका दुबैजनाको नाम ठेगान खुल्न सकेको छैन । उनीहरू दुबैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.