हुलाकी न्यूज, काठमाडौं, ६ कार्तिक । संघीय समाजवादी फोरम नेपालका सह–महासचिव तथा सांसद अभिषेक प्रताप शाहले मधेशी राम र प्रधानमन्त्री केपी शर्मा ओली रावण भएको बताएका छन् ।

बिहिबार विजयादशमीको दिन युवा नेता शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आन्दोलनरत मधेशीलाई राम र प्रधानमन्त्री ओलीलाई रावणको संज्ञा दिएका हुन् । रावणलाई रामले पराजित गर्दै असत्यमाथि सत्यको विजय भएको अवसरमा विजयादशमी मनाइनुलाई उनले जारी मधेश आन्दोलनसँग जोड्दै आफ्नो प्रतिक्रिया दिएका हुन् ।

हाल मुलुकमा सत्य र असत्यका बीचमा लडाइँ चलिरहेको र मधेशी सत्यको पक्षमा तथा प्रधानमन्त्री ओलीले असत्यको नेतृत्व गरिरहेको जिकिर उनको छ । ‘आज ओली रावण र मधेसीहरु राम हुन् ’, शाहले लेखेका छन्, ‘हेरौं नेपालमा कसले जित्छ ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.