हुलाकी न्यूजः सर्लाहीमा बाढीले बगाउँदा दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका र रामनगर गाउँपालिकामा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

रामनगर ६ मा कुण्डी नहरले बगाउँदा स्थानीय ४५ वर्षीय बजेन्द्र झाको मृत्यु भएको छ । बुधबार दिउँसो बाढीले बगाएर बेपत्ता भएका झाको साँझ शव फेला परेको हो ।

यसैगरी ईश्वरपुर ४ मा अमुवा खोलाको बाढीले बगाउँदा एक किशोरको मृत्यु भएको छ । लालबन्दी नगरपालिका ४ का १९ वर्षीय विशाल गोले बाढीले बगाउँदा सोमबारदेखि बेपत्ता थिए । उनको शव पनि बुधबारै फेला परेको हो ।

साथीहरुसँग पौडी खेल्न जाँदा उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.