हुलाकी न्यूजः सरकारले आउँदो भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निणर्य गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निणर्य गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा कार्यविधि भने मन्त्रालयले तयार पार्नेछ ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवसायिक उडान गएको चैतदेखि नै बन्द हुँदै आएको थियो । कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।
आवश्यक तयारी गरेर उडान शुरु गर्ने निणर्य भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ । सरकारले चैत ९ गतदेखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको थियो ।



