हुलाकी न्यूजः प्रदेश नं.२मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सव-इन्जिनियरलाई रंगेहात पक्राउ घुससहित गरेको छ । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बाराको कलैयामा कार्यरत सव-इन्जिनियर गजेन्द्र प्रसाद जैसवाललाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा हेटौंडाबाट खटिएको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियारको टोली देखेपछि उनले नजिकै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा दुबैजनालाई सो रकमसहित कलैया नगरपालिका ४ बाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.