हुलाकी न्यूजः जनकपुर सहित देशका अधिकांस ठाउँमा झन्डै १२ घण्टादेखि वर्षा जारी छ । प्रदेश २, बागमती, गण्डकी, ५ नम्बर र कणर्ाली प्रदेशलगायत देशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म तथा प्रदेश २, बागमती, गण्डकी, कणर्ाली र सुदूरपश्चिमका केही र प्रदेश १ र ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। राति पनि यो क्रम जारी रहने जनाइएको छ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार दिउँसो केहीबेर रोकिए पनि दिनभर वर्षा भइरहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सम्बन्धित निकायले आज साउन ४ गतेदेखि ८ गतेसम्म देशभर व्यापक वर्षा हुने सम्भावना रहेकाले आम नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्दै केही दिनदेखि नै सूचना जारी गरिरहेका छन्।

‘अब दुई-तीन दिन लगातार खालको वर्षा हुने सम्भावना छ, जसले बाढी, पहिरो, डुबानको जोखिम अझ बढ्छ,’ मौसमविद् पौडेलले भने, ‘यो क्रम एक हप्ता पनि जान सक्छ, हामी हरेक दिन यसबारे सूचना दिने नै छौं।’

मौसविद्का अनुसार नेपालदेखि केही दक्षिण रहेको मनसुनको न्यून चापीय रेखा आज रातिदेखि उत्तरतर्फ सर्ने अर्थात् नेपालतर्फ नजिकिने भएकाले चार-पाँच दिन देशभर लगातार र अलि ठूलै वर्षा हुने भएको हो।

यस्तै नदी तटीय क्षेत्रका बासिन्दालाई सरकारले उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.