हुलाकी न्यूज, जनकपुरधाम, ५ कात्तिक । जनपुरधामको राजदेवी मन्दिरमा यस वर्ष बली प्रदान गर्नेहरुको संख्या घटेको छ । जारी मधेश आन्दोलनले गर्दा यस वर्ष पहिलेको भन्दा कम संख्यामा बली प्रदान भएको विश्लेषण गरिएको छ ।

यसवर्ष राजदेवी मन्दिरमा कुल १३,८०१ वटा बोकाको बली चढेको मन्दिर प्रशासनले जनाएको छ । गएको वर्ष १४,५६१ वटा बोकाको बली चढेको थियो ।

महाअष्टमीको अवसरमा बुधबार राति ८ ः ०५ बाट सुरु भएको बली प्रदान बिहिबार बिहान ३ बजेर १० मिनेटसम्म जारी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.