हुलाकी न्यूजः महोत्तरीको जलेश्वर कारागारमा कैद भुक्तान गरिरहेकी एक कैदी महिलाको मृत्यु भएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर ४ की अन्दाजी ३५ वर्षीया नुर जहाँ खातुनको उपचारका क्रममा मृत्यु भएको हो ।

कारागार प्रशासनका अनुसार विगत केहि दिनदेखि बिरामी परेकी खातुनको अवस्था गम्भीर भएपछि गत बिहीबार उनलाई जलेश्वर जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

उनको गएराति करिब २ बजेतिर निधन भएको जेलर मकसुदन महासेठले बताए । करिब १५ दिनदेखि ती महिलाले टाउको दुखेको बताउँदै आएकी थिइन् ।

उनलाई सामान्य औषधी दिँदै आएकोमा बिहीबार अचानक उनको अवस्था नाजुक भएपछि उनलाई अस्पताल भर्ना गरिएको जेलर महासेठको भनाइ छ । उनी कर्तव्य ज्यान मुद्दामा गत मंसिर १९ गतेदेखि कैद सजाय भोग्दै आएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.