Update

वीरगंजमा प्रहरी र प्रदर्शनकारीबिचको दोहोरो झडपमा प्रहरीको गोली लागि गम्भिर घाईते भएका पन्नालाल यादव, अमिरिलाला पाल र प्रज्वलित तिवारीलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं लगिएको छ ।

…………………………………………

update

वीरगंजमा मृत्यु हुनेको संख्या चार पुगेको छ । मंगलबार वीरगंजको नगुवामा सोहम साह कलवारको प्रहरीको गोली लागि मृत्यु भएको छ ।
यता, वीरगंजको अवस्था तनावग्रस्त हुँदै गएपछि पर्सालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

…………………………………………..

हुलाकी न्यूज, बीरगंज / कलैया । मंगलबार विहानदेखि पर्साको बीरगंजमा प्रहरी र प्रदर्शनकारीबीचको झडपमा ३ जना प्रदर्शनकारी मारिएका छन् । त्यस्तै एक जना बाराको कलैयामा मारिएका छन् ।

बीरगंजमा दिउँसो ३० वर्षीय धर्मराज सिंह र दुईबजे तिर २४ वर्षीय भोला साह र २७ वर्षीय दिनानाथ साह मारिएका छन् ।

त्यस्तै बाराको कलैयामा २६ वर्षीय हिफाजत मियाँ पनि मारिएका छन् ।

वीरगञ्जको राधेमाईमा प्रहरीले चलाएको गोली लागेर पर्सा मनियारी, भवानीपुरका ३० वर्षीय धर्मराज सिंहको मृत्यु भएको प्रहरीले पुष्टि गरिसकेको छ । सिंहको टाउकोमा गोली लागेको थियो ।

त्यसैगरी नगवामा २४ वर्षीय भोला साह र बहुअरी नौतनका २७ वर्षका दिनानाथ साहको मृत्यु भएको बारे प्रहरीले पुष्टि गर्न बाँकी रहेको छ ।

प्रहरीको गोली लागेर भोला साहको घटनास्थलमै र दिनानाथको उपचारका क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको स्थानीय पत्रकारहरुले बताएका छन् ।

यता बाराको सदरमुकाम कलैयाको भरतचोकमा निषेधित क्षेत्र तोड्ने क्रममा प्रदर्शकारी र प्रहरीबीच झडप हुँदा हिफाजत मियाँ मारिएका हुन् । प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो ।

यस अघि सोमबार साँझ पनि प्रहरीले चलाएको गोलीबाट मनियारीकै दिलिप चौरसियाको मृत्यु भएको थियो । बारा र पर्सामा गरी एक दर्जनभन्दा अधिकको अवस्था गम्भिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.