हुलाकी न्यूजः प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय सोनकर शास्त्रीले भारतीय भगवान रामप्रति भारतीय जनताको विश्वाससँग खेलवाड नगर्न चेतावनी दिएको हो ।
‘भारतले नक्कली अयोध्या खडा गरेको र, अयोध्या नेपालमै भएको’ अभिव्यक्त नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि भाजपाले यस्तो प्रतिक्रिया दिएको हो ।
टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै शास्त्रीले भनेका छन् ‘भगवान राम भारतीय जनताको आस्थाको कुरा हो । यो आस्थासँग खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन । चाहे ति नेपालकै प्रधानमन्त्री किन नहोउन् ।’
उनले भारतीय कम्यूनिष्टहरुले पनि भारतमा आम नागरिकको विश्वासमाथि खेलवाड गरेको बताउँदै भनेका छन् ‘नागरिकको आस्थामाथि खेलवाड गर्नाले जसरी भारतीय कम्यूनिष्टहरु जनताबाट बहिष्कृत भएका छन्, नेपालमा पनि कम्यूनिष्टहरुको हालत पनि त्यस्तै हुनेछ ।’