हुलाकी न्यूजः सिरहामा मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकैदिन प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।

लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार कोभिड-१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरेको हो ।

पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको डिएसपी घिमिरेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.