हुलाकी न्यूजः देशमा नयाँ आईजीपी नियुक्त गर्न मंगलबार मन्त्रिपरिषद बैठक बस्दैछ ।

वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश भएपछि अपरान्ह ४ बजे बस्ने बैठकले नेपाल प्रहरीको नयाँ प्रमुख छनोट गर्ने भएको छ ।

नयाँ आईजीपीका लागि एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पालको प्रतिस्पर्धा छ । उनीहरु दुई जना मध्ये एक जना नेपाल प्रहरीको २८ औँ आईजीपी बन्ने देखिन्छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालले आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा ज्ञवालीको विदाइ सैगै नयाँ आईजीपीको लागि स्वागत कार्यक्रम समेत राखेको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.