हुलाकी न्यूजः प्रदेश २ सरकारले आफ्नै अनुसन्धान व्यूरो राख्ने भएको छ । प्रदेशको शान्ति सुरक्षा मजबुत बनाउन र विकासीय कामलाई अगाडि बढाउनका निम्ति प्रदेश सरकारले अनुसन्धान व्यूरो राख्न लागेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश अनुसन्धान व्यूरोको स्थापना, काम कर्तव्य र अधिकार सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा पेश गरेको छ भने विधेयक उपर सोमबारदेखि छलफल समेत प्रारम्भ भएको छ ।

विधेयक ल्याउने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेशको शान्ति सुरक्षा मजबुत गर्ने, आर्थिक विकास गर्ने उद्देश्यले यो विधेयक ल्याइएको बताउनुभयो । उहाँले अनुसन्धान व्यूरोले घट्नाको पूर्व जानकारी आउने भएकाले धेरै अपराध घट्ने विश्वास व्यक्त गरे ।

मन्त्री यादवले विधेयक उपर सांसदहरुको उठेको जिज्ञासाको जवाफ दिदैं स्थापना पश्चाात घट्ना घट्नुभन्दा अगाडि सूचना आउने तथा प्रदेशभित्रको गलत कामलाई रोक्न मदत मिल्ने बताउनु भयो ।

कांग्रेसका सांसद शिबचन्द्र चौधरीले अनुसन्धान व्यूरोमा काम गर्नेले गलत काम गरेमा उसको जागिर जाने र जेल जाने प्रावधान राख्नुपर्ने बताउनु भयो ।

सत्ता पक्ष जनता समाजवादी पार्टीका सांसद रानी शर्मा तिबारीले यो विधेयकले घट्नाको छानबिन गर्न र अनुसन्धान गर्न सजिलो हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, सांसद सुरिता साहले दण्ड र जरिवाना प्रष्ट रुपमा उल्लेख गरिनुपर्ने बताउनुभयो ।

त्यस्तै, नेकपा सांसद दिलिप साहले अहिले घट्ना हुँदा समेत सरकारलाई जानकारी नआइरहेको परिप्रेक्ष्यमा यो विधेयकले त्यसमा मद्दत गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.