हुलाकी न्यूज, काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेको छ। पार्टीको विवाद मिलाउन नेकपाकै नेताहरुले विभिन्न सुझावहरु दिन थालेका छन्।
नेकपाका केन्द्रीय सदस्य रामकुमार शर्माले दुई अध्यक्षबीच भएको सम्झौता र समझदारीलाई इमानदारी पुर्वक कार्यान्वयन गर्न आग्रह गरेका छन्।
‘कसैलाई कामको भारी कोई पुरै बेरोजगारीलाई अन्त्य गर्दे एक व्यक्ति एक पदको नीति लागु गर्ने’ शर्माले भनेका छन्,‘पार्टीको संचालन व्यक्तिलाई केन्द्रमा राखेर होइन, बिधान बमोजिम नीति र प्रक्रियामा मात्रै गर्ने।’
यसैगरी नेता शर्माले पार्टीको सम्पूर्ण कामकाज पार्टी कार्यालयमार्फत गर्ने गराउने नकी बालुवाटार र खुमलटारबाट संचालन गर्ने भन्ने सुझाव दिएका छन्।
पार्टीको गुटबन्दी अन्त्य गर्ने, हाम्रालाई होइन राम्रालाई पार्टी र सरकारको जिम्मेवारी दिने प्रक्रिया अपनाउनु पर्ने शर्माको तर्क रहेको छ।
यसैगरी भ्रष्टाचार अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सम्पति छानविन गर्नु पर्ने माग नेता शर्माले राखेका छन्।
उनले भनेका छन्,‘भ्रष्टाचार देशको प्रमुख समस्या रहेको स्वीकार गरि पार्टीबाट प्रम, मंत्री, सरकारी वा सम्बैधानिक नियुक्ति लिएकाहरूको सम्पत्ति छानबिन गरि दोषी ठहर भएकालाई पार्टीबाट निष्कासन गरी आवश्यक कानुनी कार्यवाही अगाडी बढाउने।’
शर्माले दिएका सुझावहरु
१)दुई अध्यक्ष बिच भएको सम्झौता र समझदारीलाई इमानदारी पुर्वक कार्यान्वयन गर्ने।
२)कसैलाई कामको भारी कोई पुरै बेरोजगारी लाई अन्त्य गर्दे एक व्यक्ति एक पदको नीति लागु गर्ने।
३)पार्टीको संचालन व्यक्तिलाई केन्द्र मा राखेर होइन, बिधान बमोजिम नीति र प्रक्रियामा मात्रै गर्ने।
४)पार्टीको सम्पूर्ण कामकाज पार्टी कार्यालय मार्फत गर्ने गराउने नकी बालुवाटार र खुमलटार बाट संचालन गर्ने ।
५)पार्टीको गुटबन्दी अन्त्य गर्ने, हाम्रा लाई होइन राम्रा लाई पार्टी र सरकारको जिम्मेवारी दिने।
६)भ्रष्टाचार देशको प्रमुख समस्या रहेको स्वीकार गरि पार्टीबाट प्रम, मंत्री, सरकारी वा सम्बैधानिक नियुक्ति लिएकाहरूको सम्पत्ति छानबिन गरि दोषि ठहर भएकालाई पार्टीबाट निष्कासन गरी आवश्यक कानुनी कार्यवाही अगाडी बढाउने।
७)जनस्तर बाट उठेका एनसेल काण्ड, एम्नी काण्ड, वाइडवडी काण्ड, स्वास्थ्य समाग्री घोटाला काण्ड, वालुवाटार जग्गा काण्ड, ढुङ्गा, गिट्टी, बालुवा दोहन काण्ड लगायतका भ्रष्टाचार जन्य घटनाको उच्चस्तरीय छानविन गरी दोषीललाई कडा कार्यवाही गर्ने ।
७)देशबाट भ्रष्टाचार मुक्त गर्नका लागि सर्वपक्षिय छलफलको आधारमा सार्वजनिक खरिद ऐनको संशोधन गरी अधिकार सम्पन्न लोकपाल गठन गर्ने।
८)सुशासन कायम गर्न पार्टी र सरकार दुवै क्षेत्रमा अराजक, अनुशासनहिन, भ्रस्ट र कामचोर प्रवृत्तिलाई निरुत्साहीत र दण्डित गर्ने तथा इमानदार र क्षमतावानलाई पुरस्कृत गर्ने।
९)रास्ट्रियताको सवालमा राष्ट्रिय सहमति अनुसार मात्रै अगाडि बढ्ने।
१०)गरिव, किसान, मजदुर, निम्न मध्यम वर्गको साथै मध्यम बर्गलाई केन्द्रमा राखेर समाजवादी नीति कार्यक्रमलाई अगाडि बढाउने
११)शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय र नि:शुल्क गर्ने।
१२)देशलाई आत्मनिर्भर बनाउन कृषि लाई आधुनिक र ब्यवसायिक बनाउने।
१३)कोरोना महामारी बारे गम्भीर समिक्षा गरी आवश्यक कदम चाल्ने र हाल सम्म भए गरेका सम्पूर्ण खर्च बिवरण सार्वजनिक गर्ने, गराउने ।
१४)केन्द्रीय समितिको बैठक यथाशिघ्र बोलाउने।।