हुलाकी न्यूज, वीरगंज, ४ कार्तिक । मधेशी नेताहरुले सरकारले मधेशका मागहरु सम्बोधन नगरे अब मधेश देशका लागि आन्दोलन गर्ने बताएका छन् । स्वतन्त्र नागरिक समाज पर्साले बुधबार वीरगंजमा आयोजना गरेको मधेशको सवाल तथा भावी रणनीति बिषयक अन्तरक्रियामा विभिन्न पार्टीसँग आबद्ध मधेशी नेताहरुले अब पनि मधेशका माग सम्बोधन नभए स्वतन्त्र मधेश देशको लागि आन्दोलन सुरु हुने चेतावनी दिए ।
तराई मधेश सदभावना पार्टीका केन्द्रिय सहअध्यक्ष एवं पुर्व शिक्षामन्त्री रामचन्द्र कुशवाहाले प्रमुख तीन दल र वर्तमान सरकारले मधेशको माँग समयमै सम्बोधन नगरे बाध्य भएर मधेशी जनता स्वतन्त्र मधेश देशको लागि आन्दोलन गर्ने बताएका छन् । उनले प्रमुख तीन दलले मधेशविरोधी चरित्र देखाएको भन्दै अब मधेशलाई तीन दल मुक्त बनाउनुपर्ने बताए । मधेश आन्दोलनका क्रममा असली र नक्कली मधेशीको पहिचान भइसकेको बताउँदै उनले अब स्वाभिमानी मधेशी जनता पछि नहट्ने र अधिकार प्राप्त नभए स्वतन्त्र देश बनाउने दाबी गरे ।
स्वतन्त्र नागरिक समाजका संरक्षक एवं पुर्व राज्यमन्त्री मोहनलाल चौधरीले मधेश आन्दोलन चलिरहेकै बेला सरकार बनाउने खेलमा लागेका फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारको कडा बिरोध गर्दै प्रधानमन्त्रीको निर्वाचनमा केपी शर्मा ओली र सुशील कोईरालालाई मत दिने मधेशी नेताहरुले मधेशलाई धोका दिएको आरोप लगाए ।
नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले जारी मधेश आन्दोलन उत्र्कषमा पुगेको समयमा आन्दोलनलाई बदनाम गर्ने तथा मधेशी नेताहरुको हातबाट आन्दोलन बाहिर गईसकेको खोक्रो प्रचारबाजी भइरहेको प्रति कडा आपति जनाएका थिए । उनले स्वभिमान, पहिचान र अधिकारको लागि भईरहेको आन्दोलनको मर्म र भावना बिपरित सरकार र प्रमुख तीन दलले मधेसी जनतालाई उपेक्षा गरे आउँदो दिन झनै भयावह हुने चेतावनी दिए । नेपालको ईतिहासमा हरेक १०/१५ बर्षमा नाराहरु परिवर्तन हुने गरेको बताउँदै उनले समयमै मधेशको माँग सम्बोधन गरिएन भने देश बिखण्डनतर्फ जाने खतरा रहेको औंल्याए ।
संघीय समावेशी मधेशी मोर्चा पर्साका नेता शशिकपुर मियाँले सरकारले मधेशमा जनमत संग्रह गराए मधेशी जनताले एक प्रदेश, दुई प्रदेश वा तीन प्रदेश नभई मधेश देशकै पक्षमा सबैले मतदान गर्ने दाबी गरे । उनले राज्यले मधेशी जनतालाई जहिले पनि दोस्रो दर्जाको नागरिक र सौतेला व्यवहार गर्दै आएको आरोप लगाए ।
राष्ट्रिय मधेश समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेलले जारी मधेश आन्दोलनको मौका छोपी केही खस शाषकका गुलामहरुले कालोबजारी गरिरहेको बताउँदै त्यस्ता गलत क्रियाकलाप अबिलम्ब रोकेर आचरण नसुधारे कडा कारवाही गरिने चेतावनी दिए ।
तराई मधेश राष्ट्रिय अभियानका केन्द्रिय सदस्य सिपु तिवारीले मधेश आन्दोलनमा सबैले सक्रिय सहभगितासहति नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह गर्दै नक्कली मधेसीहरुसँग सावधान रहन आग्रह गरेका थिए ।
नेपाल बार एशोसियन पर्साका पुर्व अध्यक्ष सुधिर कर्णले जारी मधेश आन्दोलन पार्टी मात्रको नभई जनताको आन्दोलन भएको बताए । उनले राजनीतिक सहमतिकै आधारमा संविधानसभालाई पुनर्गठन गरी मधेशको माँगलाई सम्बोधन गर्न सरकारलाई सुझाव दिएका छन् ।
मधेश क्रान्ति चिन्तन प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र कुर्मीले स्वतन्त्र मधेशकै लागि अगाडि बढ्नुपर्ने बेला आएको भन्दै मधेश मुक्तिको लागि सम्पुर्ण मधेश केन्द्रित दलहरु एक पार्टी वा एक मोर्चा नबनाएसम्म मुक्ति सम्भव नरहेको बताए ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राजकुमार यादव, अधिवक्ता पन्नालाल गुप्ता, तमलोपा केन्द्रिय सदस्य जर्नादन यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य मोहनलाल चौधरी, अधिवक्ता महेन्द्र प्रसाद, पुर्व एसपी हुनमान साह, पुर्व डिसपी सिताशरण कण्ठलगतायकाले जारी मधेश आन्दोलनका सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।




दलाल शैतान हरु ! अहिले गरको के त ? सालाहरु आन्दोलन तिमीले गरेको भन्ठानेका छौ अहिले ? अहिले तिमीहरुको निर्यंत्रणमा छ भनेर हामीलाई झुक्याउन खोजेको दलाल शैतानहरु ? गर आन्दोलन जति गर्छौ ! तर माग त पुरा हुने छैन !