मनोज मोरबैता, जनकपुरधाम : आँप दिने प्रलोभनमा जनकपुरधाम उमहानगरपालिकाकी ११ वर्षीया कञ्चन पजियारको बलात्कारपछि हत्या भएको खुलेको छ।
धनुषा प्रहरीले बलात्कार तथा हत्याका आरोपितलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।
जनकपुरधाम १९ कुर्थाकी ११ वर्षीया कञ्चन पजियार असार १७ गते भैंसी चराउन जाँदा हराएकी थिइन्। उनी १९ गते मृत अवस्थामा भेटिएकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा भारतको उत्तर प्रदेश राज्यको मलिहावादका ३२ वर्षीय दिपु सिंहले कञ्चनलाई आँपको प्रलोभन देखाई बलात्कार र हत्या गरेका हुन्।
सिंहले काम गर्ने चौधरी र मिश्र इन्डस्ट्रिजमा कञ्चन आँप टिप्न गएकी थिइन्। सोही क्रममा सिंहले आँप दिने प्रलोभन देखाई कञ्चनलाई एकान्तमा लगेर बलात्कार गरेका थिए। कञ्चनको हत्या पछि सिंहले आफुले ओढ्ने ब्ल्यांकेटमा छोपेर कञ्चनलाई दुधमती नदी नजिकै लगेर फालेका थिए।
आरोपित सिंहले पत्रकार सम्मेलन मै अपराध स्वीकार गरे