रविन्द्र यादव (राजविराज अस्पतालको आइशोलेशनबाट)

मलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा असार ६ गते पठाइयो तर डाक्टरहरुको रेकर्डमा ७ गते भनिएको छ। सुरुंगा नगरपालिका १ शिसवारी मेरो घर हो। त्यहाँ मेरो कोरोना टेष्ट गर्दा पोजेटिभ आएको थियो।

त्यसपछि मलाई यहाँ आइशोलेशनमा पठाइयो। यहाँ आएको १५ दिन जति भइसक्यो तर फेरी मेरो टेष्ट भएको छैन। म भित्र कोरोना छ कि छैन भन्ने कसरी थाहा पाउने? आजभोलिमा डिस्चार्ज गर्ने भन्ने कुरा हुँदैछ।

यहाँ आइशोलेशनमा बस्नेहरुको हाल बेहाल छ। अधिकांश ट्वाइलेट दिसाले भरेको छ। ट्वाइलेटमा दिसा गर्ने ठाउँ छैन। बाथरुममा पानी आउने टोटीहरु छैन। त्यसकारण नुहाउन पाइएको छैन।

खानाको व्यवस्थापन पनि राम्रो छैन। विहान दिनु पर्ने चिया र खाजा ११ बजे दिन्छ। त्यो पनि चिया र ब्रेड। खाना कहिले दुई बजे त कहिले ३ बजे दिन्छ। त्यो पनि दाल, भात, आलु परोरको तरकारी र दुईवटा अण्डा।

साँझ ७ बजेतिर खाजा दिन्छ र त्यसलगतै खानाको लागि प्लेट लिएर बस्न भन्छ। हामीलाई दिइने दुधमा पानी मात्रै हुन्छ।

यहाँको आइशोलेशनको अवस्था निकै खराब भएकोले सम्बन्धीत निकायलाई ध्यान दिन यही हुलाकी न्यूज डटकमको माध्यमले आग्रह गर्दछु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.