हुलाकी न्यूजः सप्तरीमा भएको छुट्टाछुट्टै घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।सप्तरीको राजविराज नगरपालिका–११ फर्सैठ स्थितको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

आफ्ना साथीहरुसँग पोखरीमा नुहाउने क्रममा राजेन्द्र साहको ११ वर्षिय छोरा नन्दकिशोर साहको पोखरीमा डुबेर मृत्यु भएको हो । उक्त पोखरीमा डुबेर घाईते भई अचेत अवस्थामा उपचारकोलागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा बिच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

त्यसै घरमा पानी मोटर ९तान्ने पम्प० मा करेन्ट लागेर बनिया टोलका एक महिलाको मृत्यु भएको छ । हनुमाननगर कंकालीनी नगरपालिका ७ बनिया टोल बस्ने श्याम गुप्ताको ४५ वर्षीया श्रीमती राजदेवी गुप्ताको गएराती करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाइएको छ ।

आफ्नै घरको कलमा ९ट्युवेवल० जडान गरिएको मोटरको तारबाट करेन्ट लागरे अचेत अवस्थामा उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.