हुलाकी न्यूजः पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन ।
कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन । उहाँले आफूलाई दिउँसो हलुका ज्वरो आएको महसुस भएपछि होम क्वारेन्टिनमा बसेँ बताउनु भयो ।
विदेशमन्त्री कुरैशीले आफनो कोरोना रिपार्ट पोजेटिभ पाइएको समेत बताउनु भयो । उहाँले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी समेत पनि दिनुभयो ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पाकिस्तानमा २ लाख २१ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख १३ हजार ६२३ जना निको पनि भएका छन ।



