हुलाकी न्यूज, डेस्कः धनुषाको विदेह नगरपालिका वडा नं.२ दुबही र वडा नं.३ गोबराहीका स्थानियहरु बिच अस्पताल निर्माणको विषयमा झडप हुँदा आधा दर्जन व्यक्तिहरु धाईते भएका छन् ।

गाउँलेहरुको उक्त झडप विहिबारदेखि नै अहिलेसम्म जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिप्रका धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार वडा नं. २ मा निर्माण हुन लागेको बर्थिङग सेन्टरलाई वडा नं.३का स्थानियहरुले अवरोध गरेपछि दुवै वडा विच निर्माण स्थलमै हानाहान भएको हो ।

स्थानीय एक प्रत्यक्षदर्र्शीका अनुसार तरबारले एक जनाको कान समेत काटिएको छ भने दुहबी बजार स्थित रहेको ८ वटा घर समेत जलाइएको छ । यसलाई धनुषा प्रहरीले समेत पुष्टि गरेको छ । पुरानो स्वास्थ्यचौकी रहेको स्थानमा १ कठ्ठा सार्वजनिक जग्गामा निर्माण हुन लागेको बर्थिङग सेन्टरको लागि लडाई भएको हो ।

पछाडी पुरानो भवन तथा अगाडी बर्थिङग सेन्टर निर्माण हुन लागेको छ । त्यस्तै, घटनामा धाईते भएकाहरुको उपचार अहिले प्रादेशिक अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । झडप अहिले पनि जारी छ भने मोटो सँख्यामा प्रहरी परिचालन गरिएको छ ।

ईलाका प्रहरी कार्यालय खजुरी, ईलाका प्रहरी कार्यालय औरहीको टोली गरी दर्जनौको सँख्यामा प्रहरी परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.