हुलाकी न्यूज, डेस्कः क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय रहेका सप्तरीमका एकजना वडाध्यक्ष कोरोना भाइरसबाट संक्रमित भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ का ५८ वर्षीय वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवका अनुसार उनीसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कार्यालय सहयोगीसहितका कर्मचारीको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताउनुभयो ।

उनीहरु सबै जनाको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो । वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि निजी निवासमै आइसोलेसन गरिएको जानकारी दिदै अधिकृत झाले उनको घरमा १२ र १३ जना पारिवारिक सदस्यहरु रहेको र सबैजनालाई घरमै आइसोलेसन गरिएको बताउनुभयो ।

पछिल्लो तीन दिन यता सप्तरीमा ४९ जनामा कोरोेना पुष्टि भएको छ । यससँगै जिल्लामा कूल संक्रमतिको संख्यामा २५८ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.