हुलाकी न्यूज, डेस्कः बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन भएको छ ।
हृदयाघातका कारण उनको बिहीबार राति निधन भएको हो । ७१ वर्षिया सरोजको स्वासप्रश्वासमा समस्या देखिए पछि शुक्रबार मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा उनी भर्ना भएकी थिईन । उपचारकै क्रममा हृदयघातका कारण उनको निधन भएको अस्पतालले भारतीय सञ्चार माध्यमहरुलाई जनाएको छ । त्यस्तै, केही दिनअघि गरिएको उनको कोरोना टेस्टको रिपोर्ट समेत नेगेटिभ आएको थियो ।
सरोजका पति बी सोहनलाल, छोरा हामिद र दुई छोरीहरु हिना र सुकन्या छन । ४० वर्षको करियरमा उनले दुई हजार भन्दा बढी गीतमा कोरियोग्राफी गरेकी थिईन । उनले तीन पटक नेशनल अवार्ड पनि जितेकी थिइन ।
सन १९७४ मा आएको ‘गीता मेरा नाम’ सरोजले काम गरेको पहिलो चलचित्र थियो । यसैगरी, उनले अन्तिम पटक कंगना रनावतको ‘मणिकर्णिका’ र ‘कलंक’ का गीतमा कोरियोग्राफी गरेकी थिइन । खानको निधनमा भारत सहित विभिन्न ठाउँका चहेताहरुले आ–आफ्नो शोक प्रकट गरेका छन् ।
उनको शुक्रबार मलाडको मालवनीमा अन्तिम संस्कार गरिने जनाईएको छ ।