
हुलाकी न्यूज, काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा एमालेका पूर्व अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका पूर्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद भइरहँदा निर्वाचन आयोगमा ‘नेकपा एमाले’ पार्टी दर्ताका लागि निवेदन परेको छ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको हो। दल दर्ता निवेदनमा सन्ध्या तिवारी अध्यक्ष रहेका छन्।
नेकपा एमाले र नेकपा माओवादीबीच एकता भइ नेकपा गठन भएको हो। तर हालसम्म दुबै पार्टीबीचको एकीकरण प्रक्रिया पुरा हुन सकेको छैन। नेताहरुबीचको विवाद अहिले तीब्र रुपमा बढेको छ।
नेकपाका अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन्।



