
हुलाकी न्यूज, काठमाडौं : डा.सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयकको विरोधमा मंगलबार घर–घरमा कालो झण्डा गाडेको छ।
संघीय संसदको प्रतिनिधिसभामा छलफलमा रहेको नागरिकता विधेयक मधेशी विरुद्ध रहेको भन्दै जनमतले घोषणा गरेको आन्दोलन अनुसार प्रदर्शन गरेको हो।
घोषित कार्यक्रम अनुसार मंगलबार मधेशका विभिन्न जिल्लामा विभिन्न स्थानमा कालो झण्डा गाडिएको छ।
सोही कार्यक्रम अनुसार बुधबार सम्पूर्ण जिल्लामा सिटी जुलुस प्रदर्शन गर्ने तयारी गरिएको छ। यसैगरी विहीबार भैंसी जुलुस र शुक्रबार विधेयक जलाउने तथा शनिबार थप कार्यक्रम घोषणा गर्ने जनमत पार्टीले जनाएको छ।




