
हुलाकी न्यूज, जनकपुरधाम : संघीय संसदमा छलफलको क्रममा रहेको नागरिकता विधयेकको विरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले प्रदर्शन गरेको छ।
पछिल्लो केही दिन यता जसपाले देशव्यापी प्रदर्शन गरिहेको छ। जसक्रममा मंगलबार संघीय राजधानी काठमाडौंसहित प्रदेश २ को स्थायी राजधानी जनकपुरधाममासमेत प्रदर्शन भएको छ।
जनकपुरधाममा भएको प्रदर्शनमा संघीय सांसद उमाशंकर अरगडिया, प्रदेश २ सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलगायतको सहभागिता रहेको थियो।

तस्बीरहरु : कैलाश दास, किशोर गुरु, कुल्दिप प्रेम



