काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियता र देशभक्तिको सवालमा आफ्नो दल बलियो रहेको दाबी गरेका छन् । उनले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताएका हुन् ।
‘यसका लागि कांग्रेस र कम्युनिस्टका नेताहरुले माफी माग्नुपर्छ । नेपाल इष्ट इण्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धी अत्यन्तै अपमानजनक थियो । नेपालले ठूलो भूमि गुमाउनुपरेको थियो । नेपालले कुनै पनि युरोपियन अमेरिकन वा विदेशीलाई इष्ट इण्डिया कम्पनीलाई सोध्नुपर्छ भन्ने अपमानकजनक कुरा थियो ।’ यादवले भने ।
उनले भने, ‘काली नदी पश्चिम सीमाना भनेर स्पष्ट लेखिएको थियो । तर महाकाली सन्धी गर्दा सन्धीका हर्ताकर्ताहरु धेरै ठूला पार्टीका ठूला नेताहरु हुनुहुन्थ्यो, अहिलेका प्रधानमन्त्री पनि हुनुहुन्छ । महाकाली नदीबाट पश्चिमका भागको दावी नेपालले छोडेको हो सुगौली सन्धीमा तर महाकाली नदिको सम्झौता गर्दा त्यसको प्रस्तावनामा लेखिएको छ । महाकाली नदीको अधिकांश भाग दुई मुलुको सीमा नदी भएको स्वीकार गर्दै भनेर लेखिएको छ । सुगौली सन्धीले पाएको क्षेत्राधिकारलाई महाकाली सन्धीले पछाडि धकेल्ने कुरा उल्लेख छ ।’
उनले कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरुले जवाफ दिनुपर्ने बताएका छन् । ‘यसका लागि हामी सबैले माफी किन नमाग्ने ? राष्ट्रवादीको नारा हामी दिन्छौँ, मधेशीलाइ गाली गर्छौँ, यिनीहरु भारतीय हुन् भनेर भन्छौ भनेर माफी माग्नुप¥यो नि । कांग्रेस र कम्युनिस्ट नेताहरुलाई ‘राष्ट्रवादको नारा दिन्छौं, मधेसीहरुलाई गाली गर्छौं तर राष्ट्रघात हामी आफैं गर्छौं भनेर जनतासँग माफी माग्नु पर्छ ।’
सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय समेत आफ्नो पार्टीले गरेको बताएका छन् । महाकाली सन्धी गर्दा मुहानको टुंगो किन लगाइन ? नेपालको नक्सा पहिले चुच्चो भएपनि पछि गायब भयो । यो कसको पालामा किन भएको हो त्यसको जानकारी सदनमा हुनुपर्ने उनले बताए ।




