काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गरेर भारतसँग दूरी बढाउने काम नभएको उनले बताएका छन् । ‘भारतलाई अप्ठ्यारोमा पार्न यो विधेयक ल्याइएको होइन ।’ उनले भने, ‘संविधान संशोधन गरेर आफूहरु भारतसँग दुरी बढाउन नचाहेको बताएका छन् ।’

शनिबार प्रतिनिधिसभाको बैठकमा आफूहरुले अहिले पनि राजनीतिक र कूटनीतिक सम्वादबाटै नेपाल भारत सीमा विवाद समाधान गर्न चाहेको बताउँदै नेपाली जनताको भावनालाई, चाहनालाई र हाम्रो समस्यालाई बुझोस भन्ने आफूहरुको चाहना रहेको प्रचण्डले बताए ।

अब भारतसँग सधैंका निम्ति समाधान हुने गरि वार्ता गर्नुपर्ने बताउँदै उनले भने, ‘संविधान संशोधन गर्नुको अर्थ भारतसँग दुरी बढाउनु होइन, हामीले दुश्मनी चाहेका होइनौं, कूटनीतिक र राजनीतिक सम्वादमातर्फ यो समस्या सदाका लागि समाधान गर्न चाहेका छौं ।’

साथै उनले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको उनले दाबी गरे । ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं, गुमेको भूमि फिर्ता लिने नयाँ चरणमा हामी आइपुगेका हौं ।’ उनले भने, ‘राजतन्त्रले गुमायो, गणतन्त्रले उक्त भूमि फिर्ता लिँदैछ । ऐतिहासिक गौरव सदनलाई प्राप्त हुँदैछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.