काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा प्रतिनिधिसभाबाट सर्वसहमतिले पारित भएको छ ।
शनिबार संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसहमतिले पारित भएको हो ।
संविधानको अनुसूचि ३ मा रहेको निशान छाप परिवर्तन भएको छ । संविधान संशोधनको पक्षमा उपस्थिति २५८ जना सांसदले मतदान गरेका छन् । विधेयकको विपक्षमा कसैले पनि मतदान गरेनन् ।
संशोधनमाथि संशोधन हालेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले मतदान प्रक्रियामा सहभागी भइनन् । उनको विधेयक सभामुखले अस्वीकृत गरेपछि संसदबाट उनी बाहिरिएकी थिइन् ।




