
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभा भोली प्रस्तुत हुने नीति तथा कार्यक्रमका लागि प्रदेश प्रमुख तीलक परियारलाई औपचारिक आमन्त्रण गर्नु भएको छ ।
मुख्यमन्त्री राउतले प्रदेश प्रमुख परियारलाई उहाँकै निवास पुगी प्रदेश सरकारको आमन्त्रण पत्र बुझाउनु भएको हो ।
प्रदेशसभामा जेठ २५ गते दिउसो तीन बजे प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको छ ।
प्रदेश सरकारको तर्फ बाट प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने व्यवस्था रहेको छ ।



