
जनकपुरधाम । प्रदेश २ मा कोरोना भाइरस (कोभिड–१९) संक्रमितकोे संख्या हजार नजिक पुगेको छ ।
प्रदेश २ मा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको पीसीआर रिपोर्ट अनुसार धनुषामा ४, महोत्तरीमा ९, रौतहट ६ र बारामा ३ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर नतिजा अनुसार एक साता यताको यो संख्या न्युन हो । स्वाब परीक्षण नै कम भएकाले रिपोर्ट थोरै आएको हो ।
अहिले प्रदेश २ का ७ हजारभन्दा बढी स्वाब रिपोर्ट आउन बाँकी छ । आज थपिएका २२ जनासँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ सय ८१ पुगेको छ ।



