
जनकपुरधाम । लकडाउन उल्लंघन गरी पसल खोलेको भन्दै जनकपुरधाममा एक व्यापारीलाई प्रहरीले निर्घात कुटपिट गरेको छ ।
बिहीबार जनकपुरधामको जानकी मंदिरदेखि जनकचौक जाने बाटोमा गिता गिफट हाउसको संचालक श्याम चौधरी तथा उनको वुवा झगरु चौधरी माथि प्रहरीले दुर्व्यवहार गर्दै कुटपिट गरेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।
यता, जनकपुरधाम उद्योग वाणिज्य संघले दुर्व्यवहार तथा कुटपिट गर्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।
‘संचालक तथा वहांको बुवालाई निर्घात कुटपिट गरी अमानविय व्यहवार गरेको घटना प्रति जनकपुरधाम उद्योग वाणिज्य संघ परिवार दुख व्यक्त गर्दै घटनाको घोर भर्तस्ना गर्दै दोषी प्रहरी माथि अविलम्ब कडा भन्दा कडा करवाहीका लागि सम्बन्धीत निकायसँग जोडदार माग गर्दछौ ।’ वाणिज्य संघले विज्ञप्तिमा भनेको छ ।
साथै बन्दाबन्दीको ७२ औ दिन भईसक्दा पनि उद्योगी व्यवसायीले धैर्यताका साथ बन्दाबन्दीको पालना गरि रहेको अवस्थामा यस्ता घटनाहरु नहुन दिन दुवै पक्षलाई संययता अपनाउन संघले अपिलसमेत गरेको छ ।



