
वीरगन्ज । देशकै मुख्य व्यापारिक नाकाको रुपमा रहेको वीरगन्ज लगायतका पर्सा जिल्लामा पसलहरु सञ्चालनका लागि जोर/बिजोर प्रणाली लागू हुने भएको छ ।
भोली शुुक्रबारदेखि पर्सा जिल्लामा जोर/बिजोर प्रणालीअनुसार पसलहरु खोल्ने स्थानीय प्रशासनले अनुमति दिएको हो ।
निरन्तरको लकडाउनका कारण समग्र अर्थतन्त्रमा परेको असरलाई मध्यनजर राख्दै शुुक्रबारबाट जोर/बिजोर प्रणाअनुसार वीरगन्जको पसलहरु खोल्ने अनुमति दिइएको हो ।
बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जोर गतेका दिन कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पसल खोल्ने अनुमति दिइएको उनले बताए ।
यसैगरी बिजोर गतेका दिन हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म पसल खोल्ने पाउनेछन् ।




