
रौतहट । रौतहटको क्वारेन्टाइनमा स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ । राजपुर नगरपालिका वडा नं.—९ मा रहेको स्वास्थ्यकर्मी खुरसिद आलमलाई कुटपिट गरी घाइते बनाएको हो ।
क्वारेन्टाइनमा बसेकाहरु चेकजाँच गर्दा अधिकांशको पोजेटिभ केस फेला पर्दै गइरहेको र त्यसमा स्वास्थ्यकर्मीको गल्ती रहेको भन्दै कुटपिट भएको हो ।
क्वारेन्टाइनमा रहेकाहरुले डाक्टरहरुको गल्ती चेकजाँचका कारण धेरैमा पोजेटिभ देखिएको भन्दै होहल्ला गर्न थाले, त्यही बीचबाट केही व्यक्तिहरुले स्वास्थ्यकर्मी खुरसीदमाथि आक्रमण गरि घाइते बनाएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
स्वास्थ्यकर्मी खुरसिदको टाउकोमा गम्भीर चोट लागेको छ । उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको राजपुर नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत बैजु ठाकुरले बताए ।



