वीरगन्ज । पर्सा जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थप ७ जना फेला परेका छन् । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
संक्रमितहरु कालिकामाईमा ४ जना, सखुवाप्रसौनीमा २ जना र विन्दबासिनी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । संक्रमितहरु सबै क्वारेन्टिनमा राखिएका पुरुष हुन् ।
पर्सामा हालसम्म ३ हजार ८ सय ६७ जनाको स्वाब कलेक्सन गरिएको छ । १४ वटा पालिकामा स्थापना गरिएका ३६ वटा क्वारेन्टाइन केन्द्रमा ८० जना महिलासहित ७ सय २३ जना शंकास्पद संक्रमितलाई राखिएको छ ।



