सप्तरी । जग्गासम्बन्धी विवाद हुँदा सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान दुई पक्षबीच झडप भएको छ । सो झडपमा १५ जना घाइते भएका छन् ।

दुवै पक्षबीच घरेलु हतियार हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गरेको थियो ।

घटनापश्चात् प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ । घाइतेहरुको उपचार भइरहेको भने घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.